'एफए कप'को सेमिफाइनलमा आज चेल्सी र युनाइटेड भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘एफए कप’को सेमिफाइनलमा आज चेल्सी र युनाइटेड भिड्दै

united vs chelsea

एजेन्सी, ४ साउन । इंग्लिस फुटबल प्रतियोगिता एफए कप अन्तर्गत सेमिफाइनलमा आजराति चेल्सीले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । एफए कपको दोस्रो सेमिफाइनलमा आज दुई ठुला क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुन लागेको हो ।

चेल्सी र युनाइटेडबीचको खेल नेपाली समय अनुसार आज राति पौने ११ बजे सुरु हुनेछ । वेम्बली रंगशालामा हुने खेलमा दुवै टिम एक अर्कालाई हराएर फाइनलमा पुग्ने दाउमा रहेका छन ।

चेल्सी र युनाइटेडबीचको विजेताले उपाधिका लागि आर्सनलसँग खेल्नेछ ।पहिलो सेमिफाइनलमा आर्सनलले म्यानचेस्टर सिटीलाई २–० गोलअन्तरले हराएर उपाधि नजिक पुगिसकेको छ ।

त्यसैगरी चेल्सीले क्वाटरफाइनलमा लेष्टर सिटीलाई १–० गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । त्यस्तै युनाइटेडले क्वाटरफाइनलमा नर्विचलाई २–१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);