सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

एजेन्सी । चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।

वेम्बलीमा भएको खेलमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा जिएचले निर्णायक गोल गरेका हुन् ।

अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ । फाइनल खेल आगामी मे १५ मा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);