एफए कप : चेल्सी र लेस्टर क्वाटर फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

एफए कप : चेल्सी र लेस्टर क्वाटर फाइनलमा प्रवेश

एजेन्सी, ५ फागुन । चेल्सी र लेस्टर सिटी  एफए कपको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । इंग्लिस एफए कप अन्तर्गत गएराति भएको खेलमा हल सिटीलाई ४–० गोल अन्तरले पराजित गरेर चेल्सी क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

विलियनले खेलको दोस्रो मिनेटमा नै गोलको खाता खोलेकामा पेड्रोले २७ औं मिनेटमा अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि विलियनले व्यक्तिगत दोस्रो गोल गरे भने ४२ औं मिनेटमा जिराउडले गोल संख्या चार पुर्याए ।

अर्को खेलमा लेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । भार्डीको गोलमा जित हात पारेसँगै लेस्टर सिटी पनि क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);