चेल्सीले एफए कपमा नर्विच सिटीलाई हरायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चेल्सीले एफए कपमा नर्विच सिटीलाई हरायो

chelsi

काठमाडौं,४ माघ । नौ खेलाडीमा सीमित चेल्सीले एफए कपमा नर्विच सिटीलाई हरायो, प्रिमियर लिग क्लब बर्नमाउथ तेस्रो डिभिजनको क्लबसँग ३–० ले पराजित । चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा नर्विच सिटीलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै चेल्सी चौंथो चरणमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले ५५ औं मिनेटमा मिसी बात्सुयीको गोलमा अग्रता लिएको थियो । तर इन्जुरी समयको चौंथो मिनेटमा जमाल लुइसले नर्विचका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि थप गरिएको अतिरिक्त समयमा दुवै टोलीका तर्फबाट गोल हुन सकेन । बरु चेल्सी ९ खेलाडीमा सीमित भयो । पेड्रो र अल्भारो मोराटा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ खेलाडीमा सीमित भएको हो । अतिरिक्त समयमा गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रकेरमा चेल्सीले नर्विचलाई ५–३ ले पराजित ग¥यो ।

गएराति नै भएका अन्य खेलमा तेस्रो डिभिजन लिग वान लिडर विगानले प्रिमियर लिग क्लब बर्नमाउथलाई ३–० ले पराजित गरी चौंथो चरणमा स्थान पक्का गरेको छ भने स्वान्सी सिटीले वुल्भसलाई २–१ ले पाखा लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);