रोनाल्डिन्होद्वारा फुटबलबाट सन्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

रोनाल्डिन्होद्वारा फुटबलबाट सन्यास

एजेन्सी, ३ माघ । लेजेन्डरी ब्राजीलियन खेलाडी रोनाल्डिन्होले आधिकारिक रूपमा फुटबलबाट सन्यास लिएका छन्, खेलाडीको भाइ र एजेन्ट रोबर्टो एसिइसले पुष्टि गरेका छन् ।

रोनाल्डिन्होले ब्राजिलका लागि ९७ खेल मा  ३३ गोल गरेका थिए । उनले ब्राजिलबाट २००२ मा विश्वकप जितेका थिए, साथै २००२ मा बालोन डि’ओर र बार्सिलोनाबाट २००५-०६को च्याम्पियन्स लिग जितेका थिए ।

रोनाल्डिन्होले ब्रजिलमा ग्रेमियोबाट आफ्नो करियर सुरु गरेका थिए । २००१ मा पेरिस सेन्ट जर्मेन गए । २००३ मा बार्सिलोना गएका उनले त्यहाँ ५ वर्ष विताए, त्यो अबधिमा च्याम्पियन्स लिगका साथै दुई ला लिगा पनि जिते । त्यसपछि एसी मिलान गएका रोनाल्डिन्होले २०१०/११ मा सिरी ए जिते । उनले ब्राजिलिएन टिम फ्लूमिनेज्ज छोडे पछी व्यावसायिक रुप मा फूटबल खेलेका छैनन् ।

उनको सम्मानमा ब्राजिल, युरोप र एशिया वरिपरि केही इभेन्टहरु गरिनेछ । ब्राजील राष्ट्रिय टोली संग पनि केहि कार्यक्रम को योजना हुनेछ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);