स्पेनिस स्ट्राइकर डेभिड भियाद्वारा सन्यासको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

स्पेनिस स्ट्राइकर डेभिड भियाद्वारा सन्यासको घोषणा

david villa resigns

एजेन्सी, २८ कात्तिक । स्पेनका चर्चित फुटबल खेलाडी डेभिड भियाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । स्पेनिस स्ट्राइकर भियाले अर्को महिना फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

जापानको जे लिगमा व्यवसायिक फुटबल खेलिरहेका भियाले सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका हुन् । जे लिग अर्को महिना सकिने छ । बार्सिलोनाका पूर्व स्ट्राइकर भिया जे लिगमा भिसेल कोबेबाट फुटबल खेल्दै आएका छन् ।

स्पेनलाई विश्वकप र युरोकपको उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका ३७ वर्षे भिया स्पेनका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन् । स्पेनले सन् २०१० को विश्वकप र २००८ को युरोकप जित्दा भिल्ला मुख्य खेलाडी थिए ।

स्पेनको राष्ट्रिय फुटबल टोलीबाट ९८ खेलमा ५९ गोल गरेका भियाले विश्वकप फुटबलमा ९ गोल गरेका थिए । यस्तै भियाले बार्सिलोनाबाट दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);