अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने मेसीकाे घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने मेसीकाे घोषणा

lionel messi

एजेन्सी, २९ जेठ । विश्वकप फुटवलको मुखैमा आएर अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । तर, उनले यो सिजनको विश्वकप भने खेल्ने छन् ।

मेसीले विश्वकप सकिए लगत्तै आफू अन्तर्राष्ट्रिय फुटबलबाट टाढिने बताएका हुन् । उनले विश्वकपमा हारे पनि जितेपनि सन्यास लिन नरोकिने स्पष्ट पारेका छन् । यसपटक भने आफूले वास्तवमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन चाहेको मेसीको भनाइ छ ।

’मेरो निर्णय विश्वकप पछि नै आउने छ, तर विश्वकपमा कस्तो किसिमको प्रदर्शन हुन्छ, त्यसमा मेरो फुटबलको फैसला हुनेछ,’ मस्कोमा विश्वकपका लागि अभ्यास गरिरहेका मेसीले एक समाचार एजेन्सीलाई भनेका छन् ।

यसअघि कोपा अमेरिका फुटबलको फाइनलमा पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । अर्जेन्टिनाका राष्ट्रपतिलगायत करोडौं फुटबलप्रेमीको आग्रहमा मेसीले आफ्नो संन्यास फिर्ता लिएका थिए।

पछिल्ला चार वर्षमा अर्जन्टिना तीन ठूला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । तर अर्जेन्टिनाले कुनै एकमा पनि जित निकाल्न सकेको छैन् । ३४ वर्षपछि अर्जेन्टिनाले विश्वकप उचाल्ने अनुमानमा पनि मेसीको भर गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);