जुलेन लोपेटेगुइ रियल म्याड्रिडको प्रशिक्षकमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जुलेन लोपेटेगुइ रियल म्याड्रिडको प्रशिक्षकमा नियुक्त

julen-lopetegui

एजेन्सी , ३० जेठ । स्पेनिस राष्ट्रिय टोलीका प्रशिक्षक जुलेन लोपेटेगुइ स्पेनीस क्लब रियल म्याड्रिडको प्रशिक्षकमा नियुक्त भएका छन् । लोपेटेगुइलाई स्पेनीस क्लब रियल म्याड्रिडले आगामी तीन वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदानले गत मेमा राजीनामा दिएपछि रियल म्याड्रिड प्रशिक्षक बिहीन थियो । लोपेटेगुइले यसअघि पोर्चुगलको पोर्टो क्लबमा प्रशिक्षकको भुमिका निभाएका थिए भने सन् २०१६ यता स्पेनिस राष्ट्रिय टिमको जिम्मेबारीमा छन् ।

५१ वर्षीय लोपेटेगुइले विश्वकपपछि रियलको जिम्मेवारी सम्हाल्नेछन् । पूर्व गोलरक्षक लोपेटेगुइले रियलको सिनियर टिमबाट एक खेल खेलेका छन् । स्पेनिस तल्लो डिभिजनको क्लबबाट उनले १०७ खेल खेलेका छन् ।

उनले सन् २००३ मा स्पेनको यू–१७ टिमका सहायक प्रशिक्षकको रुपमा प्रशिक्षक करिअर सुरु गरेका थिए । उनले पोर्टो जानुअघि स्पेनको यू–१९, यू–२० र यू–२१ टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । रियल गएको सिजन ला लिगामा तेस्रो स्थानमा रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);