नेरदल्याण्ड्सको नयाँ प्रशिक्षकमा फ्रान्क डी बोर नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेरदल्याण्ड्सको नयाँ प्रशिक्षकमा फ्रान्क डी बोर नियुक्त

एजेन्सी, ८ असोज । पूर्व खेलाडी फ्रान्क डी बोर नेरदल्याण्ड्सको राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् । ५० वर्षका फ्रान्कले राष्ट्रिय टिमसँग दुई वर्षको सम्झौता गरेका छन् ।

नेदरल्याण्डस अब उनकै प्रशिक्षणमा सन् २०२२ को कतार विश्वकपमा सहभागी हुनेछ । नेदरल्याण्ड्सको आयाक्स तथा स्पेनको बार्सिलोनाका पूर्व डिफेन्टर फ्रान्कले राष्ट्रिय टिमबाट १ सय १२ खेलमा सहभागिता समेत जनाएका छन् । उनले बार्सिलोनाका प्रशिक्षक बनेका रोनाल्ड कोम्यानको स्थान लिने छन् ।

कोम्यान स्पेनी क्लब बासिलोना गएपछि नेदरल्याण्ड्सले उनलाई प्रशिक्षक बनाएको हो ।उनी सन् २०१० देखि २०१६ सम्म अजाक्सको प्रशिक्षक रहँदा चारपटक टिमलाई डच लिगको उपाधि दिलाएका थिए । उनले इटालीको इन्टर मिलान र इंग्ल्याण्डको क्रिष्टल प्यालेसमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);