मनोज प्रभाकर नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक  | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मनोज प्रभाकर नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक 

काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा शुक्रबार भारतीय नागरिक मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय स्टार अल राउण्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि मुख्य प्रशिक्षक पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम कोच विहीन थियो । प्रभाकरले रणजी ट्रफि सहित भारतीय राष्ट्रिय टिमबाट ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन् । यस्तै, उनले अफगानिस्तान क्रिकेट टिम सहित रणजी ट्रफिमा दिल्ली, राजस्थान र युपी क्रिकेट संघमा काम गरिसकेको अनुभव छ ।

नियुक्ति भएसँगै प्रभाकरले भने, ‘नेपाली क्रिकेटसँग काम गर्न इच्छुक छु । जहाँ क्षमतावान् र प्रभावशाली खेलाडी छन् ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);