राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्विकृत | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्विकृत

काठमाडौं । क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिएको राजीनामा स्विकृत गरेको छ । क्यानले मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा बिहीबार स्विकार गरेको जनाएको छ ।

भारतीय प्रशिक्षक प्रभाकरले बिहीबारबाटै लागु हुने गरी राजीनामा दिएका थिए । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।

Leave a Reply