विराटसँगको विवादले कुम्लेले छाडे भारतीय क्रिकेट टिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विराटसँगको विवादले कुम्लेले छाडे भारतीय क्रिकेट टिम

कारण भारतीय राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेद्वारा राजीनामा, कप्तान विराट कोहलीसँगको विवादका कारढा राजिनामा दिएको स्विकार

विराटसँगको विवादले कुम्लेले छाडे भारतीय क्रिकेट टिम

काठमाडौं । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएका छन् ।

एक वर्षअघि भारतीय टिमको जिम्मेवारी सम्हालेका कुम्बलेले कप्तान विराट कोहलीसँगको मतभेदका कारण पदबाट राजीनामा दिएका हुन् ।

कुम्बलेले ट्वीटरमा आफ्ना बयान जारी गर्दै कप्तान कोहलीसँगको मतभेद नै राजीनामाको कारण स्वीकार गरेका हुन् । आफ्नो स्टाइलमा कप्तान कोहलीको आपत्ति रहेको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को तर्फबाट थाहा पाएको कुम्बलेले बयानमा उल्लेख गरेका छन् ।

बिसिसिआईले आफू र कप्तान कोहलीबिच रहेको मतभेद हटाउने प्रयास गरेको तर समझदारी बने पनि त्यो स्थिर हुने नदेखिएकाले आफूले राजीनामा दिएको उनको भनाई छ ।

कुम्बलेले आफ्नो प्रशिक्षणको एक वर्षको अवधीमा भारतीय टिमले पाएको उपलब्धीको श्रेय कप्तान, पूरै टिम, कोचिङ तथा स्पोर्ट स्टाफलाई जाने बताएका छन् ।

बेलायतमा भएको च्याम्पियन्स ट्रफी क्रिकेटअघि कोहलीले कुम्बलेसँगको असमझदारीको कुरा अस्वीकार गरेका थिए । भारत गत आइतबार भएको च्याम्पियन्स ट्रफीको फाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);