पारस 'आईसीसी एसाेसिएट प्लेअर अफ द डिकेड' अवार्डकाे लागि मनोनित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पारस ‘आईसीसी एसाेसिएट प्लेअर अफ द डिकेड’ अवार्डकाे लागि मनोनित

काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी अवार्डका लागि मनोनयनमा परेका छन । पारस आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका हुन् ।

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ’आईसीसी पुरुष एसोसिएट प्लेयर अफ द डिकेड’ अन्तर्गत ६ जनाको अन्तिम सूचिमा पारस परेका हुन् । उनीसँगै स्कटल्यान्डका ३ जना,पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा परेका छन् ।

आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने आगामी डिसम्बेर १८ तारिखमा गर्नेछ । उत्कृष्ट खेलाडी भोटिङ मार्फत हुनेछ । पारस नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान मानिन्छन ।

पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी समहालेका थिए । उनले राष्ट्रिय टिमको कप्तानबाट २०७६ साल असोज २८ गते राजीनामा दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);