कुशल भुर्तेल आईसीसीको 'प्लेयर अफ द मन्थ' को मनोनयनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’ को मनोनयनमा

काठमाडाैं । नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् । आईसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयन सूचीमा पाकिस्तानी खेलाडी बाबर आजम र फखर जमानसँगै कुशल पनि परेको हो ।

अप्रिल महिनामा पाकिस्तानी कप्तान बाबर आजम विराट कोहलीलाई पछि पार्दै आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा पुग्न सफल भएको थिए । फखर जमानले अप्रिलमा महिनामा एकदिवसीय खेलमा २ शतक प्रहार गरेका थिए ।

त्यस्तै कुशल भुर्तेलले हालै नेपालमा भएको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिरिजमा २ सय ७८ रन बनाउने क्रममा चार अर्धशतक बनाएका थिए । मनोनयनमा परेका खेलाडीलाई आईसीसीको वेबसाइटमा गएर भोट दिन सकिनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);