चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश

एजेन्सी । चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो ।

प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजासहित फाईनल प्रवेश गर्यो । दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक÷एक गोल गरे । काइ हभार्ट्जको प्रहार पोस्टमा लागेर फर्किदा वार्नरले २८ औं मिनेटमा हेडमार्फत चेल्सीलाई अग्रता दिलाएका थिए ।

खेल सकिन ५ मिनेट अघि माउन्टले चेल्सीका लागि दोस्रो गोल गरे । पुलिसिकले डिबक्स भित्र उपलब्ध गराएको चलाखीपूर्ण पासमा माउन्टले गोल गरेका हुन् । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाईनल खेल्नेछ ।

उसले सन् २००८ मा म्यान्चेष्टर युनाईटेडसंग पेनाल्टी सुटआउटमा उपाधि भिडन्त गुमाएको थियो । त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो ।

चेल्सीले मे १५ मा लेस्टर सिटीसंग एफ ए कपको फाईनल समेत खेल्दैछ । चेल्सीले च्याम्पियन्स लिगको उपाधिका लागि प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ । सिटीले मंगलबार राति पेरिस सेन्ट जर्मेन पीएसजी लाई पराजित गर्दै फाईनल यात्रा तय गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);