म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टर फाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टर फाईनलमा प्रवेश

एजेन्सी, २४ साउन । म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा रियल म्याड्रिड २–१ गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो । ईतिहादमा भएको दोस्रो लेगमा रियल मड्रिडको कमजोर डिफेन्सको फाईदा उठाउँदै सिटीले सहज जित निकाल्यो ।

खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए । तर दोस्रो हाफमा समेत रियलको डिफेन्सको कमजोरी यथावत रह्यो ।

राफेल भारानेको गल्तीमा ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । सिटीले क्वार्टरफाईनलको खेलमा लियोनसँग अगष्ट १५ मा प्रतिस्पर्धा गर्नेछ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);