सन् २०२१ को टी–ट्वान्टी विश्वकप क्रिकेट भारतमै हुने निश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सन् २०२१ को टी–ट्वान्टी विश्वकप क्रिकेट भारतमै हुने निश्चित

अष्ट्रेलियामा यसैबर्षका लागि तय भएको टी–ट्वान्टी विश्वकप क्रिकेट भने सन् २०२२ मा

एजेन्सी, २४ साउन । सन् २०२१ मा लागि भारतमा हुने तय भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट नसर्ने भएको छ . अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील द आईसीसी ले २०२१ को विश्वकप तोकिएकै मितिमा भारतमै आयोजना हुने निश्चित गरेको हो । कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता सर्ने आशंका गरिएकोबेला आईसीसीले भारतलाई आगामी वर्ष तय भएको विश्वकप तोकिएकै मितिमा आयोजनाको अधिकार दिएको हो ।

आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने टी–ट्वान्टी विश्वकप क्रिकेट सन् २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ । फाइनल नोभेम्बर १४ मा हुने बताइएको छ । आईसीसीले अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी–ट्वान्टी विश्वकप क्रिकेट भने २०२२ सम्मका लागि स्थगित गरेको छ । आइसीसीले अष्ट्रेलियामा यसैवर्ष आयोजना हुने तय भएको टी–ट्वान्टी विश्वकप क्रिकेट भने सन् २०२२का लागि सारेको छ ।

आइसीसीले न्युजिल्यान्डमा आगामी वर्ष आयोजना गर्ने भनिएको महिलाको एकदिवसीय विश्वकप क्रिकेट भने एक वर्ष सारेको छ । अब महिला एकदिवसीय विश्वकप क्रिकेट २०२२ मा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);