टी-२० विश्वकपबारे अन्तिम निर्णय कहिले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

टी-२० विश्वकपबारे अन्तिम निर्णय कहिले ?

ICC T-20

एजेन्सी, १६ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यसै वर्ष तय भएको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आयोजनाबारे आगामी जुन १० तारिख पछिमात्र अन्तिम निर्णय गर्ने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप हुने नहुनेमा अन्योलता बढीरहेको बेला आईसीसीले जुन १० पछि ठोस निर्णय गर्ने जनाएको हो ।

भिडियो मार्फत बसको आईसीसीको बोर्ड बैठकले विश्वकपसहित अन्य महत्वपूर्ण एजेण्डाबारेको छलफल जुन १० को बोर्ड बैठक सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । तर, बोर्ड बैठकले आईसीसीको गोपनियता उलंघनबारे अनुसन्धान सुरु गर्ने निर्णय भने गरेको छ । यस्तै आईसीसीको नयाँ अध्यक्षको निर्वाचनबारे पनि जुनपछि निर्णय हुने भएको छ ।

यस अघि आईसीसीले टी–ट्वान्टी विश्वकप र नयाँ अध्यक्ष चयनबारे बिहिबार निर्णय हुने जनाएको थियो । अध्यक्ष शशांक मनोहरको दुई वर्षे कार्यकाल यसै वर्ष सकिदैछ । आईसीसीको आगामी जुलाईको अन्तिममा वार्षिक साधारणसभा हुँदैछ । त्यस समयसम्म आईसीसीले नयाँ अध्यक्ष चयन गर्ने बताईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);