आईसीसीको नयाँ अध्यक्ष चयनका लागि निर्णायक छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईसीसीको नयाँ अध्यक्ष चयनका लागि निर्णायक छलफल हुने

ICC

एजेन्सी, १५ जेठ । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको नयाँ अध्यक्ष चयनबारे आज निर्णायक छलफल हुने भएको छ । आईसीसीको बुधबार बसेको बैठकले नयाँ अध्यक्ष चयन र निर्वाचनबारे आज ठोस छलफल हुने जनाएको हो ।

बुधबारको बैठकमा निर्वाचन प्रक्रियासम्बन्धी कुनै निर्णय नभएको र आज बस्ने बोर्डको अर्को बैठकमा यस विषयमा थप छलफल हुने आईसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष शशांक मनोहरको दुई वर्षे कार्यकाल यसै वर्ष सकिदैछ  र  उहाँले आफ्नो कार्यकाल सकिएपछि पद छाड्ने घोषणा गरिसक्नुभएको छ । आईसीसीको आगामी जुलाईको अन्तिममा वार्षिक साधारणसभा हुँदैछ । त्यस समयसम्म आईसीसीले नयाँ अध्यक्ष चयन गर्ने बताईएको छ ।

यस्तै आईसीसीले यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट स्थगित भएको भन्ने समाचारहरु गलत भएको समेत जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);