आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको प्रतियोगिता स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको प्रतियोगिता स्थगित

काठमाडौं, ३० माघ । नेपाल सम्मिलित आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशिय क्रिकेट सिरिज स्थगित भएको छ । आगामी मार्चमा नेपाल, ओमान र अमेरिकाले खेल्ने तय भएको सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

विश्व क्रिकेट नियामक संस्था आईसीसीले कोरोना महामारीको बढ्दो प्रभाव, लामो क्वारेन्टिन प्रावधान र विभिन्न देशमा रहेको यात्रा प्रतिबन्धका कारण सिरिज स्थगित गरेको क्यानको भनाई छ । आईसीसीले पपुवा न्युगिनी, ओमान र स्कटल्यान्डबीचको सिरिज पनि स्थगित गरेको छ ।

त्यस्तै, पपुवा न्युगिनी, अमेरिका र नामिबिया सहभागी हुने श्रृङ्खला पनि नहुने भएको छ । स्थगित सिरिज कहिले संचालन हुने भन्ने विषय आईसीसीको अर्को निर्णय आएपछि मात्र खुल्ने क्यानले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);