आईसीसीको टी–२० वरीयतामा नेपाल १५औँ स्थानमै यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आईसीसीको टी–२० वरीयतामा नेपाल १५औँ स्थानमै यथावत

काठमाडौं, ३ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी–ट्वेन्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।आईसीसीले अद्यावधिक गरेको नयाँ वरीयतामा पनि नेपाल यथावत रहेको हो ।

टी–ट्वेन्टी वरीयतामा नेपाल यसअघिकै १५औं स्थानमा छ । टी–ट्वेन्टीमा अहिलेसम्म नेपालको उच्च वरियता ११औं हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई छन् । स्कोटल्याण्ड १४ र युएई १३ औं स्थानमा छन् ।

टी–ट्वेन्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ । एकदिवसीय वरीयतामा नेपाल १७औं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);