एजेन्सी, ३ फागुन । एथलेटिक्सको पाँच किलोमिटर महिला दौडमा केन्याली धाविका बिएट्रिस चेपकोचले कीर्तिमान बनाएकी छन् । फ्रान्सको मोनाकोमा १४ मिनेट ४३ सेकेण्डको समय निकाल्दै चेपकोचले कीर्तिमान रचेकी हुन् ।
चेपकोचले इथोपियाकी सिफान हसनको कीर्तिमान भङ्ग गरेकी छन् । २९ वर्षीय चेपकोचले ३ हजार मिटरमा समेत कीर्तिमान कायम गरिसकेकी छन् ।
पुरुषतर्फ पाँच किमिमा युगान्डाका धावक जोसुवा चेप्टिगीको नाममा विश्व कीर्तिमान छ । उनले १२ मिनेट ५१ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् ।





