दश हजार मिटरमा जोसुवाको विश्व कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दश हजार मिटरमा जोसुवाको विश्व कीर्तिमान

एजेन्सी, २२ असोज । युगान्डाका धावक जोसुवा चेप्टेगेईले १० हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएका छन् । स्पेनको भ्यालेन्सियामा बुधबार आयोजित ’वर्ल्ड रेकर्ड डे’ मा जोसुवाले कीर्तिमान बनाएका हुन् ।

२४ वर्षीय धावकले १० हजार मिटरमा १५ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।mजोसुवाले २६ मिनेट ११ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् । १० हजार मिटरमा इथोपियाका केनीनिसा बेकेलेले २००५ मा २६ मिनेट १७५३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।यस अघि जोसुवाले पाँच हजार मिटरमा समेत विश्व कीर्तिमान बनाएका थिए ।

यस्तै महिलाको ५ हजार मिटर इथोपियाकी लेटिसेनबेट गीडेले विश्व कीर्तिमान बनाएकी छिन् ।२२ वर्षीय धाविकाले १४ मिनेट ६.६२ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएकी हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);