मैत्रीपूर्ण फुटबलमा फ्रान्सद्वारा युक्रेन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मैत्रीपूर्ण फुटबलमा फ्रान्सद्वारा युक्रेन पराजित

एजेन्सी, २२ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा विश्व विजेता फ्रान्सले युक्रेनलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

बुधबार राति स्टाडे डे फ्रान्समा भएको खेलमा घरेलु टिम फ्रान्सले ७–१ को फराकिलो गोल अन्तरले युक्रेनलाई पराजित गरेको हो ।

फ्रान्सको जितमा ओलिभर जिरुडले दुई, केलियन एम्बाप्पे, एन्टोइन ग्रिजम्यान, कोरेन्टिन टोलिस्सो, र इडुआर्डो कामाभिन्गाले एक÷एक गोल गरे । एक गोल फ्रान्सले उपहार स्वरुप पायो भने युक्रेनका भिकटोर सेहानकोभले एक गोल फर्काए । नबौ मिनेटमा नै फ्रान्सले कामाभिन्गाको गोलबाट खेलमा अग्रता बनाएको थियो ।

त्यसपछि २४ औं र ३४ औं मिनेटमा जिरुडले लगातार दुई गोलगर्दा खेल ३–० को स्थितीमा पुग्यो । एकतर्फि बनेको खेलको ३९ औं मिनेटमा फ्रान्सले उपहार गोल पायो । भिटाले माइकोलेन्कोले बल क्लियर गर्नेक्रममा आफ्नै पोष्टमा गोल गरेपछि फ्रान्सले ४–० को अग्रता बनायो ।

५३ औं मिनेटमा भ्रमण टोलीले एक गोल फर्कायो । भिकटोर स्हानकोभले फ्रान्सविरुद्ध गोल गर्दा युक्रेनले खेल ४–१ को अवस्थामा ल्यायो । ६५ औं मिनेटमा टोलिस्सोले गोल गर्दै विश्व विजेताको अग्रता ५–१ मा पुर्याए । ८२ औं मिनेटमा यूवा खेलाडी एम्बाप्पे र ८९ मिनेटमा स्टार फर्वाड ग्रिजम्यानले गोल गरेपछि फ्रान्सले ७–१ को सानदार तथा फाराकिलो जित दर्ता गर्यो ।

युक्रेनको इतिहासमा फ्रान्ससँग यति धेरै अन्तरले हारेको यो पहिलो पटक हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);