यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्ससँग क्रोएसिया पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्ससँग क्रोएसिया पराजित

एजेन्सी, २९ असोज । यूईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले क्रोएसियालाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको आठौं मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई अग्रता दिलाएका थिए । निकोला व्लासिकले ६४ औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए । केलियन एम्बाप्पेले ७९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए ।

खेल सकिन ११ मिनेट अघि एम्बाप्पेले १६ औं अन्तराष्ट्रिय गोल गर्न सफल रहे । इन्जुरी समयमा क्रोएसियाले बराबरीको अवसर पाएको थियो ।

समूह ए थ्रीमा अपराजित फ्रान्सले ४ खेलबाट १० अंक जोडेको छ । क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);