आईपीएल टी–ट्वान्टीः दिल्ली क्यापिटल्ससँग १३ रनले राजस्थान रोयल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आईपीएल टी–ट्वान्टीः दिल्ली क्यापिटल्ससँग १३ रनले राजस्थान रोयल्स पराजित

एजेन्सी, २९ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

दुबईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४१, रोबिन उथप्पाले ३२, सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए भने राहुल टेवाटिया १४ रनमा अविजित रहे ।

दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देश पाण्डेले २/२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ५७, कप्तान श्रेयस आयरले ५३, मार्कुस स्टोनिसले १८ रन जोड्दा एलेक्स केरीले १४ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);