सिरी 'ए' क्लब युभेन्ट्सको पुरै टिम क्वारेन्टीनमा | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

सिरी ‘ए’ क्लब युभेन्ट्सको पुरै टिम क्वारेन्टीनमा

एजेन्सी, २९ असोज । इटालियन क्लब युभेन्ट्सले आफ्नो पुरै टिमलाई क्वारेन्टीनमा राखेको छ । युभेन्ट्समा २ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपटि पुरै टिमलाई क्पारेन्टीनमा राखिएको युभेन्ट्सले जनाएको छ ।

मिडफिल्डर वेस्टन म्याकेनीलाई कोरोना पोजेटिभ देखिएपछि पुरै टिमलाई क्वारेन्टीनमा राखिएको हो । दुई दिनमा युभेन्ट्सका दुई खेलाडीमा कोरोना देखिएको हो । यसअघि क्रिस्टियानो रोनाल्डोलाई कोरोना पोजेटिभ भएको थियो ।

बुधबार मिडफिल्डर वेस्टनलाई कोरोना संक्रमण भएको पुष्टि युभेन्टसले जनाएको छ । २२ वर्षीय वेस्टनलाई पोजेटिभ देखिएपछि सेल्फ आईसोलेसनमा बसेका छन ।

अमेरिकी मिडफिल्डर वेस्टन जर्मन क्लब साल्केबाट यसै सिजनमा लोनमा युभेन्ट्स गएका थिए । यस सिजन उनले युभेन्ट्सका लागि २ खेल खेलेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);