इन्डियन प्रिमियर लिगमा बैंग्लोर र कोलकाताबीचको खेल स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इन्डियन प्रिमियर लिगमा बैंग्लोर र कोलकाताबीचको खेल स्थगित

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएलमा सोमबार हुने तय भएको रोयल च्यालेञ्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्स विचको खेल स्थगित भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार कोलकाताका खेलाडीमा टिममा कोरोना संक्रमण पुष्टि भएपछि देखिएकाले सोमबार राति हुने खेल स्थगित गरिएको हो ।

कोलकाताका दुई खेलाडी बरुन चक्रवर्ती र सन्दिप वारियरमा कोरोना पोजेटिभ पाइएको हो । स्थगिते खेलको नयाँ मिती चाँडै तोकिने बताइएको छ । भारतीय क्रिकेट बोर्डले भने खेल स्थगित हुनुको कारणका बारेमा केहि खुलाएको छैन । भारतमा पछिल्लो पटक कोरोना संक्रमण बढीरहेको भएपनि आइपीएल भने भइरहेको छ ।

तर अब खेलाडीमा कोरोना संक्रमण देखिएपछि आइपीएलमा पनि प्रश्न चिन्ह खडा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);