कोरोनाका कारण नेपालमा मुख्य तीन क्रिकेट लिगको मिति अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाका कारण नेपालमा मुख्य तीन क्रिकेट लिगको मिति अनिश्चित

काठमाडौं, २० असोज । कोरोनाका कारण नेपालमा मुख्य तीन चर्चित क्रिकेट लिग अनिश्चित,प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नु पर्ने आयोजकहरुको सुझाव । कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ ।

मुखैमा आएको एभरेष्ट प्रिमियर लिग विश्व भर फैलिएको कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित भयो । वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल नेपालमा आउने चर्चा निकै थियो । प्रतियोगिता अनिश्चतकालका लागि स्थगित गर्नु पर्दा सबै मारमा परेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीको भनाइ छ । कार्तिक महिनामा खेल तालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन ।

आयोजकले अहिलेको अवस्थालाई नियाल्दै आयोजना गर्न नसक्ने बताउँदै आएको छ । यसले नेपालमा सहज तरिकाले क्रिकेट फर्किनेमा आशंक धेरै छ । महामारीका बीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नु पर्ने आयोजकहरुको सुझाव छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);