इंग्लिस प्रिमियर लिग छिटै सुरु गर्ने बेलायत सरकारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्लिस प्रिमियर लिग छिटै सुरु गर्ने बेलायत सरकारको घोषणा

premier league

एजेन्सी, १५ वैशाख ।  बेलायती सरकारले कोरोना भाइरसका कारण मानसिक तनाव कम गर्नका लागि इंग्लिस प्रिमियर लिग चाँडो सुरु गर्ने बताएको छ ।

कोरोनाका कारण लकडाउनमा रहेका जनताले प्रिमियर लिग सुरु भएमा मानसिक रुपमा राहत महसुस गर्ने बताए । कोरोनाका कारण मार्च १३ ताखिरबाट प्रिमियर लिग स्थगित रहेको छ । यो सिजन सुचारु गर्नका लागि आयोजकले बन्द रंगशालामा लिग गराउने योजना बनाएको छ । तर त्यसका लागि सरकारको अनुमति चाहिने भएकाले प्रिमियर लिगले औपचारिक निर्णय गर्न सकेको छैन ।

बेलायत सरकारले आइतबार मात्र यो विषयमा बैठक गरेर निर्णय गर्ने बताएको छ । जसका लागि उनले तथष्ट मैदानमा गर्ने बताएका छन् । प्रिमियर लिगले क्लवहरुलाई मुख्य रंगशालाको सट्टा प्रशिक्षण मैदान वा तथष्ट मैदानमा खेलाउन सकिने बताएको छ । खेलाडीलाई लिग सुचारु हुनुभन्दा ६ साता अगाडी देखि होटेलमा राखिने सक्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);