चेल्सीले खेलाडीको तलब कटौती नगर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चेल्सीले खेलाडीको तलब कटौती नगर्ने

chelsea club

एजेन्सी, १४ वैशाख । इङ्गलिस प्रिमियर लिग फुटबल क्लब चेल्सीले खेलाडीको तलब कटौती नगर्ने भएको छ । कोरोना भाईरसका कारण आर्थिक संकटबाट गुज्रिरहेका युरोपका क्लबहरुले खेलाडीको तलबमा कटौती गरेकोबेला लण्डनको क्लब चेल्सी खेलाडी सहित कर्मचारीलाई पुरै तलब दिन सहमत भएको हो ।

तलब कटौतीको बिषयमा खेलाडीहरुसंग निरन्तर छलफलपछि चेल्सीले खेलाडी सहित कर्मचारीलाई पुरै तलब दिन सहमति जनाएको हो । क्लबले यस महिना १० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको थियो । तर यस बिषयमा क्लब र खेलाडीबीच कुनै किसिमको सहमती बन्न सकेन ।

चेल्सीले खेलाडी सहित सबै कर्मचारीको तलब पुरै भुक्तान गर्ने पुष्टि गरेको छ । प्रिमियर लिगका धेरै क्लबले कोरोना महामारीबाट पर्न गएको आर्थिक संकटका कारण खेलाडीको तलब कटौती गर्ने सहमती गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);