रियल मड्रिडले खेलाडीको तलब २० प्रतिशतसम्म कटौती गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रियल मड्रिडले खेलाडीको तलब २० प्रतिशतसम्म कटौती गर्ने

real madrid

एजेन्सी, २७ चैत । स्पेनिस क्लब रियल मड्रिडले खेलाडीको तलब २० प्रतिशतसम्म कटौती गर्ने भएको छ । क्लबको आम्दानीमा गिरावट आएपछि रियल मड्रिडले खेलाडीको तलब १० देखि २० प्रतिशतसम्म कटौती गर्ने भएको हो ।

कोरोना संक्रमणका कारण स्पेनिस लिग मार्चसम्मका लागि स्थगित भएकोले बिग्रदो अवस्थालाई हेरेर रियलले फुटबल टिम र बास्केटबल टिमका खेलाडीको तलबमा कटौती गरेको बताएको छ । रियल मड्रिडको फुटबल क्लब र बास्केटबलको पहिलो टिमका खेलाडी, प्रशिक्षक र कप्तानको तलब १० देखि २० प्रतिशत कटौती गर्न क्लबको बोर्ड बैठकले सहमती गरेको क्लबले जारी गरेका बिज्ञप्तीमा भनिएको छ ।

खेलाडी, प्रशिक्षक र कर्मचारीद्धारा स्विकार गरिएको यस निर्णयले यस कठिन अवस्थामा संस्थाको लक्ष्य प्राप्तिमा ठुलो सहयोग पुग्ने उल्लेख गरिएको छ । रियल मड्रिडको सहरीप्रतिद्वन्दी एट्लेटिको मड्रिड र बार्सिलोनाले यसअघिनै खेलाडीको तलब कटौती गर्ने घोषणा गरेका छन् । उनीहरुले पहिला टिमको तलब ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);