रियल मड्रिडका प्रशिक्षक जिदानद्वारा अकस्मात राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रियल मड्रिडका प्रशिक्षक जिदानद्वारा अकस्मात राजीनामा

zinedine zidane

एजेन्सी, १८ जेठ । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान क्लबबाट अलग भएका छन् । जिदान रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाएको पाँच दिनपछि अकस्मात क्लबबाट अलग भएका हुन् ।

फ्रान्सको राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जिदानले अढाइ वर्ष पहिले रियल मड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । जिदानले आफ्ना र क्लबका लागि परिवर्तन हुनुपर्ने समय आएकाले राजीनामा दिएको बताए । उनले क्लबबाट अलग्गिने आफ्नो निर्णयमा अरु कुनै क्लबको संलग्नता नरहेको स्पष्ट पारे ।

अकस्मात राजीनामा दिने जिदानको निर्णयबाट रियल मड्रिड स्तब्ध भएको छ । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जिदानको घोषणा अनपेक्षित भएको बताए । रियल मड्रिडले जिदानसँग सन २०२० सम्मका लागि सम्झौता गरेको थियो ।

४५ बर्षिय जिदान रियल मड्रिडका पूर्व खेलाडी समेत हुन् । रियल मड्रिडबाट बाहिरिएसँगै जिदान आफ्नै राष्ट्रिय फुटबल टीमको प्रशिक्षक हुने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);