स्पेनिस स्ट्राइकर अल्भारो मोराटा कीर्तिमानी मूल्यसहित चेल्सीमा अनुबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्पेनिस स्ट्राइकर अल्भारो मोराटा कीर्तिमानी मूल्यसहित चेल्सीमा अनुबन्ध

साउन ७, काठमाण्डौँ । इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले स्पेनिस च्याम्पियन रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको छ ।

चेल्सीले मोराटालाई क्लबको कीर्तिमानी मूल्य ६ करोड पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गरेको हो । स्पेनिस मोराटाले गएको सिजन च्याम्पियन्स लिग तथा ला लिगा च्याम्पियन रियल मड्रिडका लागि २० गोल गरेका थिए । उनी गएको सिजन इटालियन क्लब युभेन्टसबाट आफ्नो पुरोनो क्लब रियल मड्रिड फर्किएका थिए । उनले गएको सिजन रियललाई महत्वपूर्ण जित दिलाउन भूमिका खेले पनि उनी धेरै जस्तो खेलमा थप खेलाडीको रुपमा मैदान छिरेका थिए ।

मोराटा उत्कृष्ट खेलाडी रहेको र उनको क्षमता क्लबका लागि ठूलो सहायता सिद्ध हुने चेल्सीका प्राविधिक निर्देशक माइकल इमेनालोले बताए । मोराटाले डिएगो कोस्टालाई प्रतिस्थापन गर्ने बताइएको छ । प्रशिक्षक एन्टोनियो कोन्टेले चेल्सीमा कोस्टाका लागि ठाउँ नरहेको बताइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);