क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध

c. ronaldo

एजेन्सी, २७ असार । स्पेनिस रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसमा आबद्व भएका छन् । रोनाल्डो सिरी ए च्याम्पियन युभेन्टसले कीर्तिमानी मूल्यमा क्लबमा भित्र्याउने निर्णय गरेको हो ।

स्पेनिस क्लब रियल र युभेन्टसवीच ३३ वर्षीय रोनाल्डोको विषयमा १०५ मिलियन पाउण्डको सम्झौता भएको हो । यो सम्झौतापछि अब रोनाल्डोको रियल म्याड्रिडमा ९ वर्षे यात्रा सकिएको छ । यसअघि युभेन्टसले गोन्जालो हिग्वेनलाई कीर्तिमानी रकम ७५ मिलियन पाउण्डमा भित्र्याएको थियो । दुवै क्लबबीच सहमति भैसकेको र त्यसलाई औपचारिकता दिन मात्रै बाँकी रहेको बताइएको छ ।

९ वर्ष रियलमा रहँदा क्लबलाई महत्वपूर्ण उपाधि जिताएका रोनाल्डो र क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरजबीचमा सम्बन्ध चिसिँदै आएको थियो । रोनाल्डोलाई सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट ८० मिलियन पाउण्डमा रियलले भित्र्याएको थियो । ३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले रियलका लागि चार सय ५१ गोल गरेका छन् ।

रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् । रोनाल्डोले गएको मे महिनामा मात्रै रियललाई चौथो पल्ट च्याम्पियन्स लिग जिताएका थिए । रियलका लागि उत्कृष्ट प्रदर्शन गरे पनि रोनाल्डो र क्लब व्यवस्थापनको बीचमा खटपट चलिरहेको थियो ।

रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले रोनाल्डो रियल मड्रिडको इतिहासमा सुनौलो नाम भएर रहने बताउँदै उनको नाम, जर्सी नम्बर र गोलका कारण सधैं विशेष रहने उल्लेख गरेका छन् । क्लबले पनि विज्ञप्ती जारी गर्दै रियल रोनाल्डोको घर भएकाले सधैं खुल्ला रहने उल्लेख गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);