क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त

ronaldo

एजेन्सी, १५ कार्तिक । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो कोरोना भाइरसमुक्त भएका छन् ।

युभेन्ट्सले रोनाल्डोको पछिल्लो टेस्टको नतिजा नेगेटिभ आएको जानकारी दिएको हो । १९ दिनपछि कोरोनामुक्त भएका रोनाल्डोले अब आइतबार युभेन्ट्सबाट खेल्ने सम्भावना रहेको छ ।

अब रोनाल्डोको शनिबार अर्को टेस्ट हुनेछ । त्यसपछि उनले एक्लै अभ्यास गर्नेछन् । शनिबारको टेस्ट नेगेटिभ आएको अवस्थामा रोनाल्डोले आइतबार खेल्न पाउने युभेन्ट्सले जनाएको छ ।

पोर्चुगलको राष्ट्रिय टिमबाट नेसन्स लिग खेल्नका गएको बेला गत १३ अक्टोबरमा रानाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको थियो। जसका कारण उनले स्विडनविरुद्धको खेल गुमाएका थिए। यस्तै उनले युभेन्ट्सबाट च्याम्पियन्स लिगका दुई खेलसहित चार खेल खेल्न पाएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);