मेसी र रोनाल्डो आमने-सामने हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मेसी र रोनाल्डो आमने-सामने हुँदै

काठमाडौं– फुटबलप्रेमीका लागि आज अर्को रोमान्चक दिन हो । अझँ लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोका फ्यान भने आजको दिनको प्रतिक्षामा थिए ।

समयकालीन फुटबलका दुई स्टार मेसी र रोनाल्डो आज मैदानमा आमनेसामने हुँदैछन् । विश्वकपको निराशाजनक यात्रापछि रोनाल्डो साउदी क्लब अल नासरमा आबद्ध भएका थिए । मेसी भने विश्व चर्चित क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा छन् । मेसीको पीएसजी र रोनाल्डोको साउदी अल स्टार ११ बीच आज मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

अहिलेसम्म घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा मेसी र रोनाल्डो ३६ पटक आमनेसामने भएका छन् । उनीहरूको पहिलो भिडन्त २००८ को च्याम्पियन्स लिगमा भएको थियो । मेसी र रोनाल्डोबीचको पछिल्लो भिडन्त चाहिँ सन् २०२० मा भएको थियो । यूसीएलको त्यस म्याचमा रोनाल्डोको जुभेन्टसले मेसीको बार्सिलोनालाई ३–०ले स्तब्ध तुल्यायो ।

समग्र नतिजामा भने मेसी अगाडि छन् । रोनाल्डोले ११ वटा म्याचमा जित हासिल गर्दा मेसीको जित संख्या १६ छ । गोलसंख्यामा मेसी एक गोलले अगाडि छन् । उनले २२ गोल गर्दा रोनाल्डोको २१ गोल छ । मैत्रीपूर्ण खेल नेपाली समयअनुसार १०ः४५ मा सुरु हुनेछ । आजको खेललाई नेपाली फुटबलप्रमीहरुले पनि चाँसोको रुपमा हेरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);