प्रधानमन्त्री कपः मधेशलाई हराउँदै सुदुरपश्चिम फाईनल प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री कपः मधेशलाई हराउँदै सुदुरपश्चिम फाईनल प्रवेश

काठमाडौं । सुदुरपश्चिम प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेटको फाईनल प्रवेश गरेको छ ।

इटहरीमा जारी यो प्रतियोगिता अन्तरगत शुक्रबार मधेश प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गरेर सुदुरपश्चिम फाइनलमा पुगेको हो । कविता कुँवर र कप्तान बिन्दु रावलले ९४ बलमा १ सय २८ रनको किर्तिमानी ओपनिङ साझेदारीसँगै सुदुरपश्चिमले मधेशलाई सजिलै हराएको हो ।

इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ८ विकेट गुमाएर ६६ रन मात्र बनायो । मधेशका प्रतिमा शाहले १९ , सिमा कुँवरले १६ र अलिशा यादव १४ बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदुरपश्चिमका मनिशा चौधरी र रितु कनौजियाले दुई दुई विकेट लिए । यो खेलमा पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १ सय ८० रन बनायो । कविता कुँवरले ७० र बिन्दु रावलले अविजित ६० रन बनाईन् । मधेशका लागि भुमि सिंह र साना प्रविनले एक एक विकेट लिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);