एपीएफ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एपीएफ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश

काठमाडौँ, १३ पुष। सशस्त्र प्रहरीको एपीएफ क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा,एपीएफसंग ६१ रनले पराजित लुम्बिनी समुह उपविजेता बनेर अन्तिम ४ मा ।


सोमबार भएको समूह ए को अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । पराजित भएको लुम्बिनी पनि उप विजेताको हैसियतमा सेमिफाइनल पुग्यो । एपीएफले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा ७ विकेट गुमाएर ६१ रनमात्र बनायो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले ११ रन बनाइन् ।

लुम्बिनीलाई ६१ रनमा रोक्न एपीएफकी करुणा भण्डारीले तीन तथा सोनु खड्का र रेखा रावलले एकएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २२ रन बनायो । एपिएफकी विकेटकिपर ज्योती पाण्डेले सर्वाधिक ४९, इन्दु वर्माले २८, राजमती एरीले ११ तथा सरिता मगरले १० रनको योगदान दिए ।

सोमबार नै भएको पहिलो खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई पराजित गरेको थियो । यो खेलको नतिजाले भने सेमिफाइनल समिकरणमा कुनै असर गरेन भने प्रदेश २ ले प्रतियोगितामा सान्त्वना जित दर्ता गरेको थियो । मंगलबारबाट समुह बीका खेलहरु सुरु हुनेछ यस्तै समुह बीमा सुदुरपस्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);