कर्णालीलाई पराजित गर्दै एपीएफ प्रधानमन्त्री कपको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्णालीलाई पराजित गर्दै एपीएफ प्रधानमन्त्री कपको सेमिफाइनलमा


काठमाडौं, १० माघ । सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफ लगातार तेस्रो जित निकालेर सेमिफाइनलमा पुगेको हो ।

कर्णालीको हारले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लब समेत समुह ए बाट सेमिफाइनलमा पुगेको छ । एपीएफले दिएको २ सय १९ रनको लक्ष्य पच्छ्याएको कर्णाली ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।

एपीएफका बसन्त रेग्मी र किशोर महतोले ३–३ विकेट लिए ।

यो खेलमा पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १८ रन बनाएको थियो । एपीएफको लागि सन्दीप जोराले ६० रन बनाए कर्णालीका कप्तान रविन्द्र शाही र अनुज चुनाराले ३–३ विकेट लिए ।

अब एपीएफ र आर्मीबीचको खेलले समूह विजेता र उपविजेता तय हुनेछ ।

शनिबार नै लुम्बिनी प्रदेशले दोस्रो जित हात पारेको छ । मूलपानी मैदानमा सुदूरपश्चिम प्रदेशले दिएको जम्मा ६३ रनको लक्ष्य लुम्बिनीले १४ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश २७ दशमलव४ ओभरमा ६२ रन बनाउँदै अल आउट भएको थियो ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले १४ दशलमब ५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । समूह ए मा ६ अंकसंगै बागमतीको पहिलो स्थानमा छ । चार अंक भएको पुलिसभन्दा नेट रनरेटका आधारमा अगाडी रहँदै लुम्बिनी दोस्रो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);