पुलिसलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पुलिसलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाडौं, १४ माघ । एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।

एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो । पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४०, राशिद खानले ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए । पुलिस विरुद्ध ३० रनको जित हात पार्न शसस्त्रका भुवन कार्कीले ४ तथा कमल ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २–२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । एपीएफका लागि शंकर रानाले ४४, भुवन कार्कीले ४२ र सन्दीप जोराले ३४ रन बनाए । पुलिसका आरिफ शेखले ३ तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।

बिहीबार हुने दोस्रो सेमिफाइनलमा बागमती र आर्मी भिड्ने छन् । प्रतियोगिताको विजेताले १० लाख पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);