राष्ट्रिय महिला लिग : कुशुमको ह्याट्रिकमा विराटनगरको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

राष्ट्रिय महिला लिग : कुशुमको ह्याट्रिकमा विराटनगरको पहिलो जित

काठमाडौं, १४ माघ । कुशुम खतिवडाको ह्याट्रिकको मद्दतमा विराटनर महानगरपालिका मोरङले राजधानीमा जारी राष्ट्रिय महिला लिगमा सुखद नतिजा निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बुधबार सम्पन्न खेलमा विराटनरले चन्द्रपुरमाथि ५–० को फराकिलो जित निकाल्दा कुशुमले ह्याट्रिक पूरा गर्दा जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

कुशुमको अलावा अनु राई र सरिता शेर्पाले एक-एक गोल गरे । कुशुमको ह्याट्रिक सँगै जारी प्रतियोगितामा पाँचौ ह्याट्रिक भएको छ । एपिएफकी सावित्रा भण्डारीले दुई ह्याट्रिक गर्दा आर्मीकी विमला चौधरी र चन्द्रपुरकी सविता राना मगरले एक-एक ह्याट्रिक गरेका छन् ।

पहिलो हाफमा दुई गोल गरेको विराटनगरले दोस्रो हाफमा तीन गोल गरेको थियो । यस अघि सम्पन्न दुई खेलबाट विराटनगरले एक खेलमा बराबरी र एक खेल गुमाउन पुगेको थियो । पहिलो खेलमा विराटनगर वालिङसँग १–१ गोलको बराबरी र एपीएफसँग ७–० ले पराजित भएको थियो । तेस्रो खेलमा सुखद नतिजा निकालेको विराटनगरको अंक तालिकामा ४ अंक भएको छ ।

उदयपुरको चौदण्डीगढीलाई अघिल्लो खेलमा ७–१ गोल अन्तरले पराजित गरेको चन्द्रपुरले एपिएफसँग ६–० ले पराजित भएको थियो । बुधबारको पराजयसँगै चन्द्रपुरको ३ खेलबाट ३ अंक नै छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);