महिला लिग : चन्द्रपुरको पोस्टमा आर्मीको १० गोल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महिला लिग : चन्द्रपुरको पोस्टमा आर्मीको १० गोल

काठमाडौं, १६ माघ । शर्मिला थापा र रश्मी गुरुङले चार-चार गोल गर्दा राजधानीमा जारी महिला राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोफसलको टोली चन्दपुर नगरपालिका रौतहटमाथि रवाफिलो जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि १०–० को फराकिलो जित निकालेको हो । आर्मीले तेस्रो मिनेटमा विमला चौधरीको गोलबाट खाता खोलेको थियो । १५औं मिनेटमा शर्मिला थापाले पहिलो गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन ।

मोफसलको टोली चन्द्रपुरमाथि हावी भएको आर्मीका लागि शर्मिलाले ३५औं मिनेटमा गोल थप्दै अग्रता तेब्बर पारिन् । एक तर्फी जस्तो देखिएको खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा सपना लामाले गोल गर्दा आर्मीले पहिलो हाफमा ४–० को अग्रता लिन सफल भयो । 

फराकिलो अग्रता बनाइसकेको आर्मीले दोस्रो हाफमा थप ६ गोल गर्न सक्यो । ५१औं मिनेटमा शर्मिलाले ह्याट्रिक गर्दा रश्मिले टोलीका लागि ५९औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरिन् । त्यसको तीन मिनेट पछि रश्मिले व्यक्तिगत दोस्रो गोल थप्दा ६४औं मिनेटमा शर्मिलाले चन्द्रपुर विरुद्ध एक्लैले चार पु¥याइन । त्यसपछि ६६औं मिनेटमा रश्मीले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ८४औं मिनेटमा थप गोल गर्दा रश्मिको व्यक्तिगत गोल संख्या चार पुग्यो ।  बाँकी समयमा थप गोल हुन सकेन र आर्मीले रवाफिलो जित निकाल्न सफल भयो । 

फराकिलो जित निकालेको आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलबाट ७ अंक जोड्दा पराजित चन्द्रपुरले समान ४ खेलबाट ३ अंक जोडेको छ । 

प्रतियोगितामा शनिबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल विराटनर महानगरपालिका मोरङ र चौदण्डीगढी नगरपालिका उदयपुर तथा दोस्रो खेल वालिङ नगरपालिका स्याङ्जा र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);