रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित

काठमाडाैं, १२ माघ । चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

चन्द्रपुरको जितमा सविता राना मगरले ह्याट्रिक गर्दा  रजनी थोकरले दुई, दिल कुमारी राना मगर र सनिता भोलानले एक–एक गोल गरे । चौदण्डीगढीकी अञ्जन थुलुङले एक गोल फर्काइन् ।

ह्याट्रिक पूरा गरेकी सविताले ५१औं, ६९औं र ७८औं मिनेटमा गोल गरेकी थिइन् । पहिलो हाफ निकै प्रतिस्पर्धामक बनेको थियो । पहिलो हाफमा काउन्टरमा पुगेको चन्द्रपुरले इन्जुरी समयमा मात्र खाता खोलेको थियो । दुई गोल गरेकी दिल कुमारीले पहिलो र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । यस्तै रजनी थोकरले ४७ औं र सुनिता भोलानले ८५औं मिनेटमा जाली चुमाउन सफल भएकी थिइन् । यस अघि पहिलो हाफमा चौदण्डीगढीले २३औं मिनेटमा सुरुआती अग्रता बुनेको थियो ।

प्रतियोगितामा मंगलबार विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिका बीच दिनको पहिलो खेल हुँदा दिनको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच हुनेछ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);