महिला राष्ट्रिय लिगमा विभागीय टोली आर्मीद्वारा चन्द्रपुर नगरपालिका पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिला राष्ट्रिय लिगमा विभागीय टोली आर्मीद्वारा चन्द्रपुर नगरपालिका पराजित

काठमाडाैं, २ फागुन । रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा आठौं जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि ६–१ को जित निकाल्दै आठौं जित निकाल्न सफल भएको हो । एक तर्फी जस्तो देखिएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा विमला चौधरीले दुई गोल गरिन् ।

यस्तै चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् । जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । आर्मी शीर्ष स्थानको एपीएफ भन्दा २ अंकले पछि रहेको छ ।

एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेल एपीएफ र नेपाल पुलिस तथा दोस्रो खेल वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);