राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबको फराकिलो जित

काठमाडाैं, २४ माघ । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले हराएको हो । आर्मीका रश्मी घिसिङले ४ गोल गरिन् । यस्तै सर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक/एक गोल गरे चौदण्डीगढीले एउटा आत्मघाती गोल समेत गरेको थियो ।

जितसँगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ । लगातार सातौं हार व्यहोरेको चौदण्डी पुछारमा रहेको छ । एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । महिला लिगमा आजदेखि दोस्रो चरणको खेल सुरु भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);