जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित

एजेन्सी, २४ माघ । जर्मन राष्ट्रिय लिग बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बायर्नले हेर्था बर्लिनलाई १–० गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा किन्सले कोम्यानले निर्णायक गोल गरे ।

उनले खेलको २१ औं मिनेटमा गोल गरेका हुन् । त्यसअघि १२ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेका थिए । हेर्थाविरुद्धको साँघुरो जितसंगै बायर्नले लिगमा १० अंकको अग्रता बनाएको छ ।

बायर्नले २० खेलमा ४८ अंक जोडेको छ । दोस्रो स्थानको आरबी लाइपजिगको १९ खेलबाट ३८ अंक रहेको छ । हेर्था १७ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);