जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखकोे सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखकोे सहज जित

एजेन्सी, १८ माघ । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।शनिबार राति सम्पन्न खेलमा होफेनहाइमलाई ४–१ गोल अन्तरले पराजित गर्दै बायर्नलेसहज जित निकालेको हो ।

साविक विजेता समेत रहेको बायर्नले जेरोमी बोटेङको गोलबाट ३२ औं मिनेटमा अग्रता बनाएको थियो । खेलको ४३ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए । त्यसको एक मिनेट नबित्दै ४४ औं मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै होफेनहाइमलाई २–१ को स्थितिमा ल्याए ।

खेलको ५७ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६३ औं मिनेटमा सर्जी गनाब्रीले गोल गर्दै बायर्नलाई ४–१ को जित दिलाए । जितसंगै बायर्नले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । होफेनहाइम २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);