च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखको फराकिलो जितः ८–२ गोल अन्तरले बार्सिलोना पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखको फराकिलो जितः ८–२ गोल अन्तरले बार्सिलोना पराजित

एजेन्सी, ३१ साउन । युरोपिएन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखँंग ८–२ गोल अन्तरले बार्सिलोना पराजित गर्दै फराकिलो जित निकालेको हो ।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाएका छन् ।

मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्किएको थियो । २८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ ले अघि बढाएका थिए ।

सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए । दोस्रो हाफको ५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारे ।

त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा फराकिलो गोल अन्तरले पराजित गर्यो । हारसंगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगिताबाट बाहिरिएको छ ।

यस सिजनको बुन्डेसलिगा च्याम्यिन बायर्नले अब फाईनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासंग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);