बार्सिलोना बायर्नसँग पराजित  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बार्सिलोना बायर्नसँग पराजित 

काठमाडौं। च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ । समूह सीअन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो । ५०औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ५४ औँ मिनेटमा सानेले गोल गर्दा  बायर्न२-० ले अघि रह्यो । लगातार दोस्रो जित निकालेको बायर्न  ६ अंक जोडेर शीर्ष स्थानमा छ ।  पहिलो हार बेहोरेको बार्सिलोना  ३ अंक जोडेर दोस्रो स्थानमा छ ।समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले हरायो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);